Aadarsh-Daily

गृह मन्त्रालयमै मानव तस्करीको सेटिङ? सांसद सुवेदीको सनसनीपूर्ण खुलासा

ad-4p

काठमाडौं — नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक भ्रष्टाचार भइरहेको आरोप लगाएका छन्।

content ad p2

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सुवेदीले भिजिट भिसा सेटिङको नाममा मानव तस्करी र आर्थिक असुली भइरहेको दाबी गर्दै गृहमन्त्रीको नैतिकता र भूमिका प्रति गम्भीर प्रश्न उठाए।

content left

“यतिखेर फेरि भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुर्‍याएको छ। बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले? यो दुःखद कुरा हो,” सुवेदीले भने, “गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको छ। हाम्रो देशको छवि अब कस्तो होला?”

सुवेदीका अनुसार त्रिभुवन विमानस्थलमार्फत भइरहेको तस्करी प्रकरण गृहमन्त्रीको सचिवालयकै प्रत्यक्ष मिलोमतोमा सञ्चालित छ। उनले दाबी गरे, “मुलभूतरूपमा गृह सचिवालयको प्रत्यक्ष संलग्नतामा विमानस्थलमा भ्रष्टाचार भइरहेको छ। त्यो पनि थोरै रकम होइन, दिनमा पचास लाख रुपैयाँसम्म उठाइँदैछ भन्ने चर्चा छ।”

उनले गृह मन्त्री लेखकको व्यवहार र कार्यशैलीको पनि आलोचना गरे। “भाषण अर्कै गर्ने, आचरण अर्कै देखाउने गृहमन्त्रीको शैलीले अब नागरिकको विश्वास खस्किरहेको छ,” सुवेदीको भनाइ थियो।

भुटानी शरणार्थी प्रकरणबाट देशको छवि पहिले नै धूमिल भएको बेला अहिलेको भिजिट भिसा काण्डले थप शीर निहुराएको टिप्पणी गर्दै सुवेदीले तत्काल छानबिन र जवाफदेहीको माग गरे।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily