Aadarsh-Daily

पटेर्वासुगौलीमा जंगली हात्तीको आक्रमणमा एक वृद्धको मृत्यु

ad-4p

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पटेर्वासुगौली–१ स्थित सितलपुर जंगलमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ।

content ad p2

मकवानपुरको मनहरी गाउँपालिका–२ का ६१ वर्षीय श्यामबहादुर भुलनसहित तीनजना जेठ ९ गते कुरिलो टिप्न जंगल गएका थिए। सोही क्रममा अचानक एक जंगली हात्तीले श्यामबहादुर भुलनमाथि आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

content left

उनसँगै गएका भक्तबहादुर आले र श्रवण भुलन भने ज्यान जोगाउन सफल भएका छन्। घटनाको जानकारी मंगलबार इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा प्राप्त भएको थियो।

घटनास्थलमा प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीका अनुसार शवको पोष्टमार्टम नारायणी अस्पताल वीरगञ्जमा गरिनेछ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालले यसबारेमा जानकारी दिएका हुन्।

सम्बन्धित खबर

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily