Aadarsh-Daily

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस, नेपालभर विविध कार्यक्रमसहित मनाइँदै

ad-4p

नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।

content ad p2

सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो। त्यसपछि २०६८ सालदेखि हरेक वर्ष यो दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो।

दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा गोष्ठी, र्‍याली, अन्तर्क्रिया, सांस्कृतिक कार्यक्रम लगायतका गतिविधिहरू भइरहेका छन्। काठमाडौं उपत्यकादेखि स्थानीय तहसम्मको पहलमा विभिन्‍न संघसंस्थाहरूको सहकार्यमा कार्यक्रमहरू सञ्चालन भएका छन्।

content left

नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ।

तर, संविधान र कानुनमा स्पष्ट व्यवस्था गरिएको भए पनि व्यवहारमा अझै जातीय विभेद र छुवाछूतको अन्त्य हुन नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

विगत १८ वर्षदेखि नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भइसकेको भए पनि अझै पनि गाउँ–सहर, सार्वजनिक स्थल र संस्थागत संरचनामा जातीय भेदभावका घटना बेलाबेला देखिने गरेका छन्।

सरोकारवालाहरूले यस्तो विभेदको अन्त्यका लागि कानुनी व्यवस्था मात्रै होइन, सामाजिक चेतना र व्यवहारमा पनि आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्।

आजको दिनले जातीय समानता र सामाजिक न्यायप्रति प्रतिबद्धता दोहोर्‍याउने अवसर दिएको सरोकारवालाहरूको भनाइ छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily