Aadarsh-Daily

पत्रकार र सरकारी कर्मचारीमाथि अख्तियारको विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

ad-4p

नेपाल सरकारको विभिन्न निकायबाट प्रकाशित सूचना विज्ञापन सरकारी योजना अन्तर्गत स्वीकृत बजेटमार्फत गैरकानुनी रूपमा प्रकाशित गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

content ad p2

अख्तियारले २०८२ जेठ २१ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार तिनथुम्को गाउपालिकाको योजनाअन्तर्गत निर्माण कार्यको ठेक्का सूचना राष्ट्रिय दैनिकहरूमा प्रकाशित गराउन पत्रपत्रिकासँग मिलेमतो गरी सरकारी रकम दुरुपयोग गरिएको पुष्टि भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

content left

आयोगका अनुसार तिलाठी कोईराला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र सह–लेखा अधिकृत शशिभानु दासले गाउपालिकाको सूचना प्रकाशन गर्न टाईम्स रिपोर्टर्स मिडिया प्रा.लि., डब्लु मिडिया प्रा.लि., र प्रभात राष्ट्रिय दैनिकका पदाधिकारीसँग मिलेमतो गरी रु. ३,१६,४८५० को भ्रष्टाचार गरेको ठहर गरिएको छ।

आरोपितहरूमा टाईम्स रिपोर्टर्स मिडिया प्रा.लि. का संस्थापक भुषण कुमार सिंह, डब्लु मिडिया प्रा.लि. का निर्देशक रवी अर्याल, र प्रभात राष्ट्रिय दैनिक प्रा.लि. का प्रबन्ध निर्देशक कृष्ण बहादुर कार्की रहेका छन्। उनीहरूले बिना काम गरिएको देखाई रकम बिल भर्पाई गरी सरकारी कोषमा हानी पु¥याएको आयोगको दाबी छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुने गरी मुद्दा दायर गरेको जानकारी गराएको छ। विशेष अदालत, काठमाण्डौमा दर्ता गरिएको उक्त मुद्दाको प्रवक्ता राजेन्द्र कुमार पौडेलले पुष्टि गरेका छन्।

सम्बन्धित खबर

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily