
प्रतिनिधिसभाले आज बहुमतले ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ पारित गरेको छ। गृहमन्त्री रमेश लेखकले विधेयक प्रस्तुत गरेका थिए।

यस विधेयकले नेपाली महिलाबाट जन्मेका सन्तानले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गरेको छ। विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका बालबालिकालाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ। १६ वर्ष मुनिका नाबालकलाई नाबालक परिचयपत्र दिने प्रावधान पनि समावेश गरिएको छ।
सांसदहरूले विधेयकको स्वागत गर्दै यसले नागरिकतासम्बन्धी समस्यामा सुधार आउने विश्वास व्यक्त गरेका छन् भने केहीले अझै सीमागत समस्याहरु समाधान गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ।

