Aadarsh-Daily

सर्लाहीका किसानद्वारा ताजा तरकारीमा लाग्ने निकासी कर हटाउन माग गर्दै आन्दोलन

ad-4p

सर्लाहीको लालबन्दी नगरपालिकाले ताजा तरकारीमा लगाएको निकासी कर हटाउन माग गर्दै स्थानीय किसानहरू आन्दोलित भएका छन्। आज बिहान किसानहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डुमडुमे मन्दिर अगाडि सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्।

content ad p2
content left

किसानहरूको भनाइ अनुसार, यस अघि पनि पटक–पटक नगरपालिकालाई कर हटाउन आग्रह गरिए पनि सुनुवाइ नभएपछि बाध्य भएर सडकमा उत्रनु परेको हो। करकै कारण तरकारी व्यापारीहरूले किसानहरूसँग तरकारी किन्न रोकेपछि समस्या झनै जटिल भएको किसानहरू बताउँछन्।

तरकारी व्यवसायी सङ्घका अध्यक्ष दरेश चौधरीका अनुसार, जबसम्म नगरपालिकाले निकासी कर फिर्ता लिँदैन, तबसम्म किसानको तरकारी खरिद नगर्ने निर्णय गरिएको छ। आन्दोलनमा व्यापारीहरू पनि किसानहरूसँगै समर्थनमा उत्रेका छन्।

लालबन्दीमा उत्पादन हुने तरकारीहरू काठमाण्डौ, पोखरा, नारायणगढजस्ता प्रमुख सहरहरूमा आपूर्ति हुने गरेका छन्। तर, नगरपालिकाले अन्यत्र लैजाँदा लगाउने करले किसानहरूको उत्पादन बजारमा लैजानै गाह्रो भएको उनीहरूको गुनासो छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily