Aadarsh-Daily

एनपीएल दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले रिटेन खेलाडीको सूची सार्वजनिक गर्‍यो

ad-4p

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। टोलीले सामाजिक सञ्जालमार्फत सात जना खेलाडीलाई रिटेन गरेको जानकारी दिएको हो।

content ad p2

रिटेन गरिएका खेलाडीमा मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीका ओपनर आसिफ शेख छन्। साथै अघिल्लो सिजनका कप्तान अनिल शाह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापा मगर र रुपेश सिंह पनि रिटेन सूचीमा परेका छन्।

content left

एनपीएलको नियम अनुसार, हरेक टोलीले मार्की खेलाडीबाहेक थप छ जना खेलाडी रिटेन गर्न पाउने प्रावधान छ।

यसअघि काठमाण्डौ गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्स ले पनि रिटेन र रिलिज खेलाडीहरूको सूची सार्वजनिक गरिसकेका छन्।

एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो, जसका कारण उनीहरू अहिले साविक विजेता टोलीका रूपमा दोस्रो सिजनमा उत्रिँदै छन्।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily