Aadarsh-Daily

अमेरिकाको टेक्सासमा बाढीका कारण ज्यान जानेको सङ्ख्या ७८ पुग्यो

ad-4p

अमेरिकाको टेक्सासमा अचानक आएको बाढीका कारण अहिलेसम्म ७८ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार ४१ जना अझै बेपत्ता छन् । सबैभन्दा धेरै क्षति केर काउन्टी भन्ने ठाउँमा भएको छ । त्यहाँ २८ जना बालबालिकासहित ६८ जनाको ज्यान गएको छ ।

content ad p2
content left

प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको छ । अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । नदी किनारमा रहेको एउटा क्याम्प बाढीबाट अत्यधिक प्रभावित भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आपतकालीन अवस्थाको सामना गर्न सङ्घीय सरकारले स्थानीय प्रशासनसँग मिलेर काम गरिरहेको बताउनुभएको छ । मौसम विभागले आउँदो २४ देखि ४८ घण्टाभित्र त्यो क्षेत्रमा आँधीहुरी आउन सक्ने चेतावनी दिएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily