Aadarsh-Daily

जोए रुटको लर्ड्समा इतिहास — टेस्ट क्रिकेटमा ३७औं शतक

ad-4p

इङ्ग्ल्यान्डका जोए रुटले टेस्ट क्रिकेटमा ३७औं शतक पूरा गरेका छन् । घरेलु मैदान लर्ड्समा भारतसँगको तेस्रो टेस्टको पहिलो पारीमा रुटले शतक बनाएका हुन् । लर्ड्समा उनको यो ८औं शतक हो ।

content ad p2
content left

योसँगै ३४ वर्षीय रुट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने खेलाडीको पाँचौं स्थानमा उक्लिएका छन् । टेस्ट क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा भारतका सचिन तेन्दुलकर छन् । तेन्दुलकरले ५१ वटा शतक बनाएका छन् ।

यस्तै दक्षिण अफ्रिकाका ज्याक कालिस ४५ शतकसहित दोस्रो, अस्ट्रेलियाका रिकी पोन्टिङ ४१ शतकसहित तेस्रो र श्रीलङ्काका कुमार साङ्गाकारा ३८ शतकसहित चौथो स्थानमा छन् ।

अहिले भारत र इङ्ग्ल्यान्डबीच पाँच खेलको टेस्ट शृङ्खला चलिरहेको हो । पहिलो खेल इङ्ग्ल्यान्डले र दोस्रो खेल भारतले जितेको थियो । – एक लयमा पढ्ने गरी बनाउनु ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily