Aadarsh-Daily

जनमतका निलम्बित नेतामाथि मोसो प्रहार, पेट्रोल छर्केर आगो लगाउने प्रयासको दाबी

ad-4p

बारा — जनमत पार्टीका अध्यक्ष डा. सीके राउतविरुद्ध ‘जनसंवाद अभियान’ सञ्चालन गरिरहेका निलम्बित उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि पार्टीकै कार्यकर्ताले मोसो छ्यापेका छन्।

content ad p2

शुक्रबारदेखि जनसंवाद अभियानमा रहेका साह र यादवलाई बारा पुग्नेबित्तिकै केही समूहले मोसो छ्यापेको हो। उनीहरू अभियानअन्तर्गत पार्टीका नेता–कार्यकर्तासँग भेटघाटका लागि गएका थिए।

content left

निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले आफूमाथि मोबिल र पेट्रोल छर्केर आगो लगाउने प्रयाससमेत भएको दाबी गरेका छन्। “हामी संवादका लागि गएका थियौं, तर सीके राउत पक्षधर कार्यकर्ताहरूबाट योजनाबद्ध आक्रमण भयो,” यादवले भने।

यस घटनामा जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेलले मोसो छ्यापिएको पुष्टि गरेका छन्। उनले भने, “निलम्बित नेताहरूले पार्टीको झन्डा, लेटरप्याड र ब्यानर प्रयोग गर्नु गैरकानुनी हो। यसबारे जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि निवेदन दिइसकेका छौं।”

पटेलका अनुसार, पार्टीले कारबाही गरिसकेको व्यक्तिले आधिकारिक हैसियतमा पार्टीका नाममा कार्यक्रम सञ्चालन गर्नु गलत हो। उनले केही कार्यकर्ताले आपत्ति जनाउँदै कालोमोसो छरेको स्वीकार गरेका छन्।

घटनापछि क्षेत्रको राजनीति थप तातिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ। विपक्षमा रहेका साह र यादवले भने आफूहरू लोकतान्त्रिक आन्दोलनको हिस्सा भएको दाबी गर्दै दबाबका बाबजुद अभियान जारी राख्ने चेतावनी दिएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily