Aadarsh-Daily

महुवनको पोखरीमा एक पुरुष मृत अवस्थामा भेटिए

ad-4p

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको हर्दिया प्रसौनी निवासी ५० वर्षीय जिरजोधन माझी रहेका छन्।

content ad p2

प्रहरीका अनुसार माझी ससुराली आएका थिए। मंगलबार दिउँसो करिब ३ देखि ४ बजेको समयमा उनी अचानक सम्पर्कविहीन भएका थिए।

content left

बुधवार बिहान वडा कार्यालय नजिकैको पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पोखरिया टोली प्रहरी निरीक्षक स्वरूप शर्माको नेतृत्वमा घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको छ।

प्रहरी निरीक्षक शर्माका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily