Aadarsh-Daily

कम्बोडियासँग युद्ध हुन सक्ने थाइल्यान्डको चेतावनी

ad-4p

थाइल्यान्डले कम्बोडियासँग युद्ध हुन सक्ने चेतावनी दिएको छ । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले थाइल्यान्ड र कम्बोडियाबीच चलिरहेको भयङ्कर द्वन्द्वले ‘युद्ध निम्त्याउन सक्ने’ बताउनुभएको बीबीसीले जनाएको छ ।

content ad p2
content left

यस द्वन्द्वमा अहिलेसम्म कम्तीमा १६ जनाको ज्यान गइसकेको छ र लाखौं मानिसहरू घरबारविहीन भएका छन् । विवादित सीमा क्षेत्रमा दुई देशबीच दोस्रो दिन पनि द्वन्द्व चलिरहँदा थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री वुचाचाईले युद्ध शुरू हुन सक्ने चेतावनी दिनुभएको हो ।

अहिले भइरहेको तनाव एक शताब्दीभन्दा पुरानो सीमा विवादको अंश हो र अब यो द्वन्द्व द्रुत गतिमा गम्भीर बन्दै गइरहेको छ । थाइल्यान्डको उबोन रत्चाथानी र सुरिन प्रान्तहरूमा भएको झडपमा दर्जनौं घाइते भएका तथा एक लाख जनाभन्दा धेरै नागरिकहरू विस्थापित भएका खबरमा उल्लेख छ ।

यसैबीच कम्बोडियाको ओड्डार मिन्चे प्रान्तमा झन्डै एक हजार पाँच सय परिवारलाई सुरक्षित ठाउँहरूमा सारिएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily