Aadarsh-Daily

बागमती प्रदेशमा लामालाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी

ad-4p

बागमती प्रदेश सरकारले गएकाे असारमा पारित गरेको बजेटप्रति असन्तुष्टि अझै पनि कायमै छ । प्रदेश सरकारकै मन्त्री र नेपाली कांग्रेसका सांसदहरू बजेटमा गरिएको ‘मनोमानी’ प्रति आक्रोशित छन् । उनीहरू अहिलेको मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाएर नेपाली कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारीमा जुटेका छन् ।

content ad p2

बजेट पारित हुनुअघि नै असन्तुष्टि रहेको अवस्थामा पनि अन्ततः बजेट पारित भयो । तर त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले र मुख्यमन्त्री लामाले मिलेर बजेटमा पार्टीभित्रको सहमति नलिई मनपरी ढङ्गले बाँडफाँट गरेको आरोप कांग्रेसकै मन्त्री तथा सांसदहरूले लगाएका छन् ।

कांग्रेसभित्रकै स्रोतका अनुसार दुई नेताबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति पहिले नै भइसकेको थियो । तर लामाले सहज रूपमा राजीनामा नदिएपछि असन्तुष्ट पक्ष आक्रोशित बनेको छ । यही कारण कांग्रेसका चार जना मन्त्रीहरूले आज राजीनामा बुझाएका छन् ।

content left

राजीनामा दिने मन्त्रीहरूमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन् । यी सबै मन्त्रीहरूले केही दिनअघि मात्र पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

यसैबीच कांग्रेस संसदीय दलले मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । एक जना सांसदका अनुसार प्रस्तावको मस्यौदा तयारी भइसकेको छ र चाँडै नै संसदीय दलको नेताबाट लामालाई हटाइनेछ । त्यसपछि बानियाँलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री बनाउने योजना अघि बढाइनेछ ।

मुख्यमन्त्री लामाले भने आफू स्वास्थ्यमा गम्भीर समस्या आउँदा वा मृत्यु भएमा मात्र पदबाट हट्ने सार्वजनिक अभिव्यक्ति दिनुभएकाे छ । तर उहाँको यो भनाइपछि झनै आक्रोशित बनेका कांग्रेसका सांसद र मन्त्रीहरूले जसरी भए पनि हटाउने अडान लिएका छन् ।

प्रदेशको नेतृत्व फेर्न कांग्रेसभित्र तीव्र राजनीतिक चलखेल शुरू भएको छ । लामा र बानियाँबीचको शक्ति सङ्घर्षले कांग्रेसभित्रको विभाजन अझै स्पष्ट बन्दै गएको छ । अहिलेको परिस्थिति हेर्दा मुख्यमन्त्री परिवर्तन हुने सङ्केत बलियो देखिन्छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily