Aadarsh-Daily

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको ज्यान गयो

ad-4p

सप्तरीमा रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको ज्यान गएको प्रहरीले जनाएको छ।

content ad p2
content left

ज्यान गुमाउनेमा सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँका ४५ वर्षीय बालेश्वर खंग मण्डल र उहाँकी श्रीमती ४२ वर्षीया रामकुमारी खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिनुभयो ।

दुवै जनाको आज बिहान विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट ज्यान गएको हो ।

आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उहाँलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । त्यसै क्रममा करेन्ट लागेपछि दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily