Aadarsh-Daily

आलमद्वारा बीपी कोइरालाको स्मृतिमा वृक्षारोपण, पानी संकट समाधानमा सक्रियता

ad-4p

वीरगन्ज महानगरपालिका वडा नम्बर २० स्थित अपौनीको ऐतिहासिक रामजानकी मठको प्रांगणमा आज महामानव विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। नेपाली कांग्रेस वडा नं. २० अन्तर्गतको बुथ समितिद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाएका वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले रुखविरुवा मानव जीवनको आधार भएको उल्लेख गर्दै प्रत्येक व्यक्तिले आफ्नो घर, टोल, विद्यालय र सार्वजनिक स्थलहरूमा वृक्षारोपण गर्नुपर्नेमा जोड दिनुभयो।

content ad p2
content left

उपमेयर आलमले स्वर्गीय बीपी कोइरालाको जीवनी र संघर्षको चर्चा गर्दै भन्नुभयो— “उहाँ आज हामीसँग हुनुहुन्न, तर उहाँले देखाएको विचार र बाटो आज पनि हाम्रा लागि प्रेरणादायी बनेको छ।” राणा शासन र निरंकुश राजतन्त्रको अन्त्यका लागि बीपी कोइरालाले गरेको बलिदानले नै उहाँलाई ‘महामानव’ को संज्ञा दिलाएको उपमेयर आलमले प्रष्ट पार्नुभयो।

कार्यक्रमको क्रममा उपमेयर आलमले वीरगन्जमा हाल देखिएको पानीको संकटप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्दै यसको दीर्घकालीन समाधानका लागि आफूले सक्दो प्रयास र पहल गरिरहेको जानकारी दिनुभयो। रुख रोप्नु, जल स्रोतको संरक्षण गर्नु र जनचेतना फैलाउनु अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो।

नेपाली कांग्रेसका बुथ सभापति हरिचन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कांग्रेसका कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंह, हरेन्द्र यादव, विजय पटेल, श्रीकान्त दास, सुरेन्द्र यादव, अरुण पुरी, मनोज चौरसिया, रजाक मियाँलगायत नेताहरूको सहभागिता रहेको थियो। कार्यक्रमको जानकारी उपमेयर आलमका प्रेस सल्लाहकार महमद सदाबले दिनुभएको हो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily