Aadarsh-Daily

बागमती नदिमा डुबेर एक भारतीयको मृत्यु

ad-4p

रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर एक भारतीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शुक्रवार डुबेर बेपत्ता भएका भारतीय युवकको शनिवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनु भयो ।

content ad p2
content left

मृत्यु हुनेमा बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया निवासी शिवशङ्कर साहका १४ वर्षीय छोरा पवनकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शुक्रवार साँझ ७ बजे साह नदीमा डुबेर बेपत्ता भएका थिए।

शनिवार साहका परिवारले इलाका प्रहरी कार्यालय चन्द्रपनिगाहपुरलाई बेपता भएको जानकारी गराएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य गर्दा घटनास्थलदेखि करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रायले बताउनु भयो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily