Aadarsh-Daily

अमलेखगञ्जबाट १०८.८ ग्राम सुनसहित एक युवक पक्राउ

ad-4p

बाराको अमलेखगञ्जबाट एक सय ग्रामभन्दा बढी सुनसहित एक युवक पक्राउ परेका छन्। मकवानपुरको बकैया गाउँपालिका–७ का २६ वर्षीय गोपीलाल विश्वकर्मालाई अमलेखगञ्जस्थित चेकपोस्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए।

content ad p2
content left

प्रहरीका अनुसार विश्वकर्मा हेटौंडाबाट निजगढतर्फ जाँदै गरेको ना २२ प ३८३४ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका थिए। अमलेखगञ्ज चेकपोस्टमा नियमित जाँचका क्रममा प्रहरीले रोकेर खोजतलासी गर्दा उनीसँग रहेको झोलाबाट कुनै बिलबिनाको १०८.८ ग्राम (१२.६९० तोला) सुनका विभिन्न गरगहना बरामद भएको हो।

सुनको स्रोत र प्रयोजनबारे स्पष्ट जानकारी नदिएपछि उनलाई सुन तस्करीको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। हाल उनी इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा रहेका छन्।

प्रहरीले बरामद गरगहना सम्बन्धमा थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily