Aadarsh-Daily

पर्साको पटेर्वा सुगौली–५ मा विवाह गर्नुअघि वडा कार्यालयबाट स्वीकृति अनिवार्य

ad-4p

पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मा अब विवाह गर्नुअघि वडा कार्यालयबाट स्वीकृति लिनु अनिवार्य हुने भएको छ । मंगलबार वडाध्यक्ष विपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले बालविवाह नियन्त्रण र सामाजिक अनुशासन कायम गर्न यस्तो निर्णय गरेको हो ।

content ad p2

वडाध्यक्ष मुखियाका अनुसार अब वडा नम्बर ५ मा कोही पनि व्यक्ति विवाह गर्नुअघि अनिवार्य रूपमा वडा कार्यालयमा स्वीकृति लिनुपर्नेछ । वडाको स्वीकृति बिना विवाह गरेमा सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम कारबाही हुने निर्णय गरिएको छ ।

content left

त्यसैगरी विवाह गर्ने केटा–केटी दुवैको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने, अन्यथा विवाह अमान्य ठहर्ने निर्णय पनि बैठकले गरेको छ ।

बालविवाह रोकथाम र सचेतना अभिवृद्धिका लागि घरदैलो जनचेतना कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

बैठकमा वडाध्यक्ष विपिन मुखियासँगै वडा सदस्यहरू मदन मिश्र, पारस साह कानु, रजमतिया देवी दुसाद र नूरबानो मियाइनको पनि सहमति र हस्ताक्षर रहेको वडाले जनाएको छ ।

स्थानीय तहबाट बालविवाहजस्तो सामाजिक विकृति अन्त्य गर्न गरिएको यो पहललाई उदाहरणीय रूपमा हेरिएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily