Aadarsh-Daily

मधेस प्रदेशमा खडेरी पीडित किसानका लागि स्यालो ट्युबवेल वितरण सुरु

ad-4p

पानीको अभावका कारण सुक्खाग्रस्त र खडेरीको चपेटामा परेका मधेस प्रदेशका किसानका लागि प्रदेश सरकारले राहत स्वरूप स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ।

content ad p2

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको सुक्खाक्षेत्र सहयोग कार्यक्रम मार्फत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण गरिने भएको हो। सो योजनामा कुल रु १८ करोड विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी जिल्लाका खडेरी पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयमार्फत ट्युबवेल वितरण सुरु भइसकेको चौधरीले बताए। जनताको आवश्यकता र प्राथमिकताका आधारमा कुल १,२०० वटा स्यालो ट्युबवेल वितरण गरिनेछ।

content left

मन्त्रालयका अनुसार एउटा स्यालो ट्युबवेल जडान गर्न अनुमानित रु १ लाखदेखि ३ लाखसम्म खर्च लाग्नेछ, भने सोलार प्रणाली जोड्दा थप लागत पर्नेछ। ट्युबवेल जडानको खर्च पानीको सतहको गहिराइअनुसार फरक हुने उल्लेख गरिएको छ।

स्यालो ट्युबवेल पाउन चाहने किसानले दुई बिघा खेत रहेको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेश गर्नुपर्नेछ। यसका लागि सात दिनको सूचना जारी भइसकेको छ।

मधेस प्रदेशमा खडेरीको असरले धान खेतीमा गम्भीर प्रभाव परेको छ। मन्त्रालयले हालसम्म मात्र ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको तथ्यांक सार्वजनिक गरेको छ।

यस योजनाबाट सिँचाइ सुविधा बढ्ने र खडेरीको असर कम गर्दै कृषकको उत्पादनशीलता तथा आत्मनिर्भरतामा सकारात्मक प्रभाव पर्ने प्रदेश सरकारको अपेक्षा छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily