Aadarsh-Daily

बारामा १४ हजार बराबरको डेरी मिल्क बरामद 

ad-4p

बाराबाट प्रहरीले करिब १४ हजार रुपैयाँ बराबरको अबैध डेरी मिल्क चकलेट नियन्त्रणमा लिएको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय बाराले २०८२ साउन ११ गते बिहान ८:४५ बजे खास सूचनाका आधारमा खटिएको टोलीले कलैया उपमहानगरपालिका वडा नं. ९ भन्सार चौकस्थित बाटोमा चेकजाँचका क्रममा काठमाडौंतर्फ जाँदै गरेको हाईस गाडी (खाली) बाट उक्त सामग्री फेला पारेको हो।

content left

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार, बिना बिल र भन्सार प्रक्रिया चोरीपसल लैजाँदै गरेको अवस्थामा १४ हजार ८० रुपैयाँ बराबरको डेरी मिल्कका १०९ प्याकेट बरामद गरिएका हुन्।

बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले अबैध रूपमा भित्र्याइएका समानहरू नियन्त्रणमा लिन चेकजाँच कार्य अझ कडाइका साथ अगाडि बढाइने जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily