
भारतीय विदेश सचिव विक्रम मिस्री आगामी भदौ १ गते नेपाल भ्रमणमा आउने भएका छन्। उनको भ्रमणको उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिनु रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सचिव मिस्री नेपाल आउन लागेको पुष्टि गर्दै भ्रमणको ठ्याक्कै मिति पछि सार्वजनिक गरिने जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भइसकेको र अब मिति घोषणा मात्र बाँकी रहेको मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा सचिव मिस्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
स्मरणीय छ, मिस्रीले सचिवमा नियुक्त भएको एक वर्षअघि पनि नेपाल भ्रमण गरेका थिए। त्यतिबेला प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिने चर्चा चले पनि उनले औपचारिक सन्देश नदिई फर्किएका थिए।
यो पटक भने भारतीय प्रधानमन्त्री मोदीको सन्देश लिएर उनी प्रधानमन्त्री ओलीलाई भ्रमण गराउने उद्देश्यसहित नेपाल आउन लागेका हुन्।

