Aadarsh-Daily

भारत लगेर मृगौला बेच्ने गिरोहका तीन जना पक्राउ

ad-4p

नेपाली युवालाई भारत लगेर मृगौला बेच्ने गिरोहका तीन जना सदस्यलाई नेपाल प्रहरीको मानव बेचबिखन विरोधी ब्यूरोले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका समिर नेपाली, राकेश नेपाली र काभ्रेका राजकुमार परियार रहेका छन्।

content ad p2

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार, यी व्यक्तिहरूले भारतको नयाँ दिल्ली, चण्डीगढ, नोएडा लगायतका सहरमा युवाहरूको मृगौला निकालेर बेच्ने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।

content left

प्रहरीले जिल्ला अदालत काठमाडौँबाट तीनै जनालाई एक साताका लागि हिरासतमा राखी थप अनुसन्धान गर्न म्याद लिएको छ।

गिरोहले आर्थिक रूपमा कमजोर नेपाली युवाहरूलाई पाँचदेखि सात लाख रुपैयाँ दिने प्रलोभन देखाएर भारत पुर्‍याउने गरेको खुलेको छ। उनीहरूलाई मानव अंग बिक्रीका लागि जबर्जस्ती प्रक्रिया अपनाएर मृगौला झिक्ने कार्यमा संलग्न गरिएको थियो।

मृगौला निकालिएका केही पीडित प्रहरी सम्पर्कमा आएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानकै क्रममा यो गिरोहको तानाबाना फेला परेको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily