Aadarsh-Daily

रौतहटमा एसईई ग्रेडवृद्धि परीक्षा : चार केन्द्रमा ३५८ परीक्षार्थी सहभागी हुने

ad-4p

रौतहटमा एसईई (शिक्षा परीक्षा) ग्रेडवृद्धि पूरक परीक्षा आगामी साउन २९ गतेदेखि सुरु हुने भएको छ। परीक्षा सञ्चालनका लागि जिल्लाभर चार वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका निमित्त प्रमुख उपेन्द्र सिंहले जानकारी दिए।

content ad p2
content left

उनका अनुसार गौर नगरपालिकास्थित जुद्ध माध्यमिक विद्यालय, गरुडा नगरपालिकास्थित मावि गरुडा बैरिया, वृन्दावन नगरपालिकास्थित मावि बरगजवा र चन्द्रपुर नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको हो।

सबैभन्दा धेरै ३६ वटा विद्यालयको परीक्षा केन्द्र जुद्ध मावि गौरमा तोकिएको छ। त्यस्तै, मावि गरुडा बैरियामा ३५, मावि बरगजवामा १४ र जनज्योति माविमा २१ वटा विद्यालयका परीक्षार्थी सहभागी हुनेछन्।

ग्रेडवृद्धि पूरक परीक्षामा साधारण नियमित र प्राविधिक धार गरी कुल ३५८ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जनाएको छ। परीक्षा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको पनि इकाइले जानकारी दिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily