Aadarsh-Daily

वीरगन्जमा हैजा फैलिएपछि जिराभवानी गाउँपालिकाले सुरु गर्‍यो पूर्वतयारी

ad-4p

वीरगन्ज महानगर क्षेत्रमा पछिल्ला दिनमा झाडापखाला र हैजाको महामारी फैलिँदै गएपछि छिमेकी जिराभवानी गाउँपालिकाले पूर्वतयारी थालिएको छ।

content ad p2
content left

गाउँपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले वडा नं. ४ सुपौलीस्थित स्वास्थ्य चौकीमा झाडापखाला तथा हैजा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको हो। उपचार केन्द्रका लागि आवश्यक औषधि, स्वास्थ्यकर्मी र अन्य आधारभूत सुविधा सुनिश्चित गर्न पहल भइरहेको स्वास्थ्य शाखा प्रमुख अजय चौधरीले जानकारी दिए।

बैठकले पालिकाभर कार्यरत स्वास्थ्यकर्मीलाई अति आवश्यक कार्यबाहेक बिदा नदिने, महिला स्वास्थ्य स्वयंसेविकालाई वडावडामा परिचालन गरी सचेतना फैलाउने कामलाई तीव्रता दिने निर्णय गरेको छ। प्रत्येक वडाका घरघरमै पुगेर नागरिकलाई झाडापखाला, हैजा, डेंगु लगायत सरुवाजन्य रोगबाट बच्न अपनाउनुपर्ने सावधानी र उपायबारे प्रचार–प्रसार गरिने प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताए।

गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्षहरू रामशरण ख्वास, महादेव महतो थारु, स्वास्थ्यकर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily