Aadarsh-Daily

मधेस प्रदेशमा सरोजकुमार यादव कार्यवाहक मुख्यमन्त्री नियुक्त

ad-4p

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्विट्जरल्याण्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई सुम्पिएको घोषणा गरेका छन्।

content ad p2
content left

मुख्यमन्त्री सिंह आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म सो कार्यक्रममा सहभागी हुन स्विट्जरल्याण्ड प्रस्थान गरेका छन्। उनले बिहीबारको मितिमा लेखेको पत्रमार्फत यादवलाई कार्यवाहक मुख्यमन्त्री तोकेको जानकारी दिएका हुन्।

पत्र अनुसार, “म फर्किन नआउन्जेलसम्मका लागि तपाईंलाई मधेस प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको व्यहोरा जानकारी गराउँछु,” मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन्।

यस निर्णयसँगै सरोजकुमार यादवले मुख्यमन्त्रीको सबै प्रशासनिक जिम्मेवारीहरू कार्यवाहकको रूपमा सम्हाल्ने छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily