Aadarsh-Daily

भारत–क्यानडा कूटनीतिक सम्बन्ध सुधारका लागि नयाँ उच्चायुक्त नियुक्त

ad-4p

भारत र क्यानडाले दुवै देशमा नयाँ उच्चायुक्त नियुक्त गरेका छन्। सन् २०२३ मा भ्यानकुभरको उपनगरमा एक सिख पृथकतावादी नेताको हत्यापछि तनावग्रस्त बनेको सम्बन्धलाई सुधार्ने प्रयास अन्तर्गत यो कदम उठाइएको बीबीसीले जनाएको छ।

content ad p2

भारत सरकारले वरिष्ठ कूटनीतिज्ञ दिनेश के. पटनायकलाई क्यानडाका लागि नयाँ उच्चायुक्त नियुक्त गरेको छ भने क्यानडाले क्रिस्टोफर कुटरलाई भारतका लागि आफ्नो नयाँ उच्चायुक्तको रूपमा नियुक्त गरेको छ। यो पद गएको वर्षदेखि खाली थियो।

content left

क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले विज्ञप्तिमा उल्लेख गरेकी छिन् कि नयाँ उच्चायुक्तको नियुक्तिले भारतसँगको कूटनीतिक संलग्नतालाई गहिरो बनाउने र द्विपक्षीय सहयोगलाई अघि बढाउने क्यानडाको नीति प्रतिबिम्बित गर्नेछ।

अघिल्ला उच्चायुक्तहरूले गत अक्टोबरमा क्यानडा छोडेका थिए। क्यानडाले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा ६ जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो, जबकि भारतले उच्चायुक्त फिर्ता बोलाएको बताएको थियो।

पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएको थियो, जुन भारतले निरन्तर अस्वीकार गर्दै आएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily