Aadarsh-Daily

एमाले विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न

ad-4p

नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तेस्रो दिन समूहगत सुझावको प्रस्तुतीकरण सम्पन्न भएको छ। महाधिवेशनमा सहभागी १० वटा समूहले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा आयोगका प्रतिवेदनमाथि सुझावसहित मुख्य अवधारणामा सहमति जनाएका छन्।

content ad p2
content left

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बहुमत प्रतिनिधिहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किनुपर्ने मत दिएका छन्। १० समूहका प्रतिनिधिमध्ये झन्डै २–३ प्रतिशतले मात्र भण्डारीको सदस्यता रोक्न नहुने धारणा राखेका छन्।

महाधिवेशनले ७० वर्षको उमेर हद र एउटै नेता दुई कार्यकारी पदमा बस्न नहुने प्रावधान हटाएर विधान पारित गर्ने तयारी गरेको छ। प्रतिवेदनमाथि आएका सुझावको जवाफ सम्बन्धित नेताले दिएपछि विधानलाई अन्तिम रूप दिइने योजना छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily