Aadarsh-Daily

महोत्तरीमा रातो नदीले तटबन्ध भत्काउँदा १० करोड मूल्य बराबरको माछा बगायो

ad-4p

लगातारको वर्षापछि रातो नदीले तटबन्ध भत्काउँदा जिल्लाका माछापालक किसानहरू ठूलो नोक्सानीमा परेका छन्। बाढीका कारण माछा पालनका करिब ८०० हेक्टर पोखरीमध्ये ४०० हेक्टरभन्दा बढी पोखरीमा पानी पसेर १० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको माछा बगाएको माछापालकहरूको दाबी छ।

content ad p2
content left

गत आइतबार र सोमबार आएको बाढीले सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, बलवा, लोहारपट्टी, मनरासिश्वा नगरपालिका र एकडारा, महोत्तरी, पिपरा गाउँपालिकाका करिब दुई सय पोखरीमा रहेका ३५ हजार क्विन्टल माछा बगाएको मनरासिश्वा–५ का माछापालक रामसुदिश शरणले जानकारी दिए।

तटबन्ध भत्किँदा रामविशेष शरण, सुशिल सहनी, भरत सहनी, जामुन मुखिया, सुनिल साह, शङ्कर साह, रञ्जीत शरण, फूलकुमारी देवी, मरमानन्द मुखिया र ईनरजीत मुखियालगायतका किसानको माछा पालन पोखरी डुबानमा परेको छ।

बैङ्क कर्जा लिएर व्यवसायिक रूपमा माछा पालन गरेका किसानहरू अहिले ठूलो संकटमा परेका छन्। बाढीले सम्पूर्ण माछा बगाएपछि उनीहरूले सरकारले तत्काल अनुदान र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily