Aadarsh-Daily

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए कांग्रेस सभापति देउवा

ad-4p

गत भदौ २४ गतेको जेनजी आन्दोलनमा बुढानीलकण्ठमा कुटपिटमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पहिलोपटक सार्वजनिक रूपमा देखिएका छन्।

content ad p2
content left

देउवा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा सार्वजनिक भएका हुन्।

आन्दोलनपछिको घटनामा देउवासहित उनकी पत्नी आरजु राणा देउवालाई नेपाली सेनाले उद्धार गरेको थियो। प्रारम्भमा हेलिकप्टरबाट उद्धार प्रयास असम्भव भएको र त्यसपछि स्थलमार्गबाट अस्पताल लगिएको बताइएको छ।

टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको जानकारी कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत दिएका थिए। सुरक्षाका कारण उनका उपचार स्थलबारे सार्वजनिक रूपमा जानकारी दिइएको थिएन।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily