Aadarsh-Daily

इजरायलमा मारिएका विपिन जोशीको महाकाली किनारमा अन्त्येष्टि

ad-4p

इजरायलमा प्यालेस्टिनी विद्रोही समूहद्वारा बन्धक बनाएर हत्या गरिएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ।

content ad p2

जोशीको पार्थिव शरीरमा उनका बुवा महानन्द जोशीले दागबत्ती दिएका हुन्। अन्त्येष्टिपूर्व सशस्त्र प्रहरी बलको एक टुकडीले राष्ट्रिय सम्मानसहित सलामी अर्पण गरेको थियो।

content left

स्थानीयबासी, आफन्त, राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा स्व. जोशीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

जोशीको पार्थिव शरीर हिजो इजरायलबाट नेपाल ल्याइएपछि आज बिहान महेन्द्रनगरस्थित घरमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो। त्यसपछि महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको हो।

इजरायलका राजदूत दम्पत्ति पनि अन्तिम संस्कारमा उपस्थित रहेका थिए।
इजरायली सरकारले विपिनको पार्थिव शरीरलाई पूर्ण सम्मानका साथ नेपाल पठाएको थियो।
यस सम्पूर्ण प्रक्रियामा इजरायली दूतावासको सक्रिय सहयोग र उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily