Aadarsh-Daily

मधेस प्रदेश सरकारले छठको पारनका दिन पनि सार्वजनिक बिदा दिने निर्णय

ad-4p

मधेस प्रदेश सरकारले यस वर्ष छठ पर्वको पारनका दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

content ad p2

संघ सरकारले छठको मुख्य दिन अर्थात् साँझियाघाट (कात्तिक १० गते) मात्रै बिदा घोषणा गरेपछि, जनस्तरबाट पारनका दिन पनि बिदा दिनुपर्ने माग उठिरहेको थियो। त्यसैअनुसार, मधेस प्रदेश सरकारले कात्तिक ११ गते मंगलबार, अर्थात् छठ पर्वको भोलिपल्टका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

content left

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै उक्त निर्णयको जानकारी गराएको छ। सूचनामा भनिएको छ,

“छठ पर्वको भोलिपल्ट (कात्तिक ११ गते, मंगलबार) मधेस प्रदेशभर सार्वजनिक बिदा हुने व्यहोरा सबैमा जानकारी गराइन्छ।”

छठ पर्व मधेस प्रदेशमा विशेष उत्साहका साथ मनाइने प्रमुख सांस्कृतिक पर्व भएकाले, सरकारले दुई दिनसम्म सार्वजनिक बिदा व्यवस्था गरेको हो।

यस निर्णयले छठ पर्वका व्रतालु र श्रद्धालुहरूलाई पूजापाठ तथा पारन विधि सहज रूपमा सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily