Aadarsh-Daily

पूर्व–मध्य र पश्चिमका नदी–खोलामा बाढीको जोखिम

ad-4p

बाढी पूर्वानुमान महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न नदी–खोलामा बाढीको जोखिम रहेको जनाएको छ।

content ad p2

महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, धनकुटा, इलाम र मोरङ जिल्लाका नदी–खोलामा मध्यम स्तरको बाढी जोखिम देखिएको छ।

content left

त्यस्तै सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, काभ्रे, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही र कपिलवस्तुका आसपासका नदी–खोलामा पनि जोखिम कायम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका नदीहरूको वहाव बढ्ने सम्भावना रहेको उल्लेख गर्दै स्थानीयवासी र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार बाढीको जोखिम शनिबारदेखि क्रमशः घट्दै जाने अनुमान गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily