Aadarsh-Daily

ऊर्जा मन्त्री घिसिङको कडाइपछि बक्यौता उद्योगको बिजुली काटियो

ad-4p

ऊर्जा मन्त्री कुलमान घिसिङले ट्रंकलाइन र डेडिकेटेड फिडरको विद्युत् महसुल असुलीका लागि कडाइ गरेपछि देशभरका २१ उद्योगको बिजुली काटिएको छ।

content ad p2

मन्त्री बनेको केही दिनमै उनले बक्यौता उठाउने निर्देशन दिएपछि नेपाल विद्युत् प्राधिकरणले गत असोज १२ गते सात दिनको सूचना जारी गरेको थियो। तर, उद्योगहरूले रकम नतिरेपछि प्राधिकरणले कार्तिक ७ गतेदेखि लाइन काट्न सुरु गरेको हो।

content left

भीरगंज–पथलैया औद्योगिक कोरिडोरका चार ठूला उद्योग—जगदम्बा स्टील, त्रिवेणी स्पिनिङ, त्रिवेणी सिन्थेटिक र हिमाल आयरनमा अहिले विद्युत् आपूर्ति बन्द छ।

यी उद्योगहरूले मात्र झण्डै दुई अर्ब रुपैयाँ बक्यौता राखेका छन्। प्राधिकरणका तथ्यांक अनुसार देशभर करिब २१ उद्योगले आठ अर्ब रुपैयाँ बराबरको बिजुली महसुल तिरेका छैनन्।

उद्योगहरूले आफूहरूले डेडिकेटेड र ट्रंकलाइन सेवा नलिएको दाबी गर्दै महसुल बुझाउन अस्वीकार गरेका छन्। तर, प्राधिकरणले सेवा लिएको पुष्टि गर्दै रकम बुझाउन चेतावनी दिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily