Aadarsh-Daily

रौतहटको माधव नारायण नगरपालिकाका मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको उजुरी

ad-4p

रौतहटको माधव नारायण नगरपालिकाका मेयर बैजनाथ यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ।

content ad p2
content left

माधव नारायण–३ का स्थानीय आशितोषकुमार यादवले दिएकाे उजुरीमा आर्थिक अनियमितता, फर्जी बिल बनाएर भुक्तानी, टुक्रे योजना र सरकारी सम्पत्ति हिनामिना जस्ता आरोप लगाइएका छन्। उजुरीमा दुवैले मिलेमतो गरी नगरपालिकाको बजेट रकममा अनियमितता गरेको उल्लेख छ।

१२ बुँदे उजुरीमा प्रशासकीय भवनको टेन्डरमा २० प्रतिशत कमिसन लिएको, विकास योजना टुक्र्याएर बढी कमिसनका लागि उपभोक्ता समितिलाई दिइएको र सङ्घ–प्रदेशबाट आएका सशर्त अनुदान रकममा नक्कली बिल बनाएर भुक्तानी गरेको आरोप छ।

त्यसैगरी, सडक बत्ती न्यून मूल्यमा खरिद गरी १० गुणा बढी रकम भुक्तानी गरेको र विभिन्न शीर्षकमा अस्वाभाविक खर्च गरी नगरपालिकालाई आर्थिक नोक्सानी पुर्‍याएको दाबी गरिएको छ। उजुरीमा भ्रष्टाचार निवारण ऐनअनुसार छानबिन र कानुनी कारबाही गर्न माग गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily