Aadarsh-Daily

जेन–जी आन्दोलन माइतीघरबाटै खोसिएको थियो : ओलीको दाबी

ad-4p

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ मा जेन–जी (Generation Z) युवाहरूले सञ्चालन गरेको आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भएको बताएका छन्।

content ad p2

आइतबार राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलन भड्काउन र युवा सेन्टिमेन्ट प्रयोग गर्न जेनेरेसन जेड भनेर प्रचार गरिएको बताए। उनले भने, “युवाहरू माइतीघर मण्डलामा पुग्नुभन्दा पहिले नै उनीहरूका मुद्दा, माग र आन्दोलन खोस्ने तत्त्वहरू त्यहाँ जम्मा भइसकेको थियो।”

content left

अध्यक्ष ओलीका अनुसार, युवाहरू जसोतसो होटल एभरेष्टसम्म आन्दोलनलाई पुर्‍याएपछि निषेधाज्ञा तोड्ने, व्यारिकेट तोड्ने, अवज्ञा गर्ने र भिडन्तको राजनीति गर्ने गतिविधि सुरु भएको थियो। यसक्रममा जायज मागहरूलाई भुईँमा पछारेर उग्रवादी धाराका क्रियाकलाप अघि बढाइएका थिए।

उनी थप्छन्, जेन–जी आन्दोलनको नाममा कोही पानी खुवाएर त कोही काला ज्याकेट लगाएर नेता बनेको भन्दै केही सञ्चारकर्मीलाई धम्की समेत दिइएको छ। ओलीले सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न युवा सङ्घले भूमिका खेल्नुपर्ने बताए।

उनले अपराधिक तत्त्वहरूले आन्दोलनमा भाग लिए पनि ती युवा जिम्मेवार वा सङ्गठित नभएको दाबी गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily