Aadarsh-Daily

मधेशमा नयाँ सरकार गठनसंगै विवाद र बहस सुरु

ad-4p

मधेश प्रदेशमा संविधानको धारा १६८ को उपधारा (२) अझै जीवित रहँदा पनि प्रदेश प्रमुख सुमित्रा भण्डारीले धारा १६८(३) अनुसार नयाँ सरकार गठन गरेकी छन्।

content ad p2

प्रदेश प्रमुख भण्डारीले आइतबार नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

content left

संविधानको धारा १६८(२) बमोजिम निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विश्वासको मत नलिए पनि उनले मत गुमाउनु अघि नै राजीनामा दिएका थिए। त्यसकारण कानुनविद्हरूको मतमा १६८(२) को अवस्था जीवित रहँदै सरकार गठनको अर्को धारामा जाने प्रक्रिया विवादास्पद बनेको छ।

सोनल पक्षले पनि प्रदेश प्रमुखलाई धारा १६८(२) अन्तर्गतकै प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो। तर, एमालेको प्रस्तावमा प्रदेश प्रमुखले धारा १६८(३) अनुसार सरकार गठन गरेकी हुन्।

यसअघि भण्डारीले विभिन्न राजनीतिक दलका नेता र संविधानविद्हरूसँग परामर्श गरेकी थिइन्। कानुनी अन्योलबीच भएको नयाँ सरकार गठनबारे अब प्रदेशसभामा राजनीतिक बहस तीव्र हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily