Aadarsh-Daily

मधेश प्रदेशका मुख्यमन्त्री कार्यालयमा सात दलद्वारा तोडफोड

ad-4p

जनकपुरधाम — मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर प्रदेशमा तनाव उत्पन्न भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि सात राजनीतिक दलका नेता–कार्यकर्ताले सोमबार बिहान मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन्।

content ad p2

प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेससहित सात दलका नेता र कार्यकर्ताहरू जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जम्मा भई नयाँ नियुक्तिप्रति आपत्ति जनाउँदै नाराबाजी गरेका थिए।

content left

नवनियुक्त मुख्यमन्त्री यादव कार्यालयमा आउने जानकारी पाएपछि प्रदर्शनकारी कार्यकर्ताहरू मुख्यमन्त्री कार्यालय अगाडि अवरोध सिर्जना गर्दै प्रवेशद्वारमा ढुंगामुढा र तोडफोड गरेका थिए।

प्रदर्शनकै क्रममा प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरिएको छ। सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन कार्यालय परिसरमा बाक्लो उपस्थिति जनाएका छन्।

प्रदेश प्रमुख भण्डारीले आज बिहानै एमाले संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
तर, सातदलीय गठबन्धनका नेताहरूले भने यो नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै भण्डारीको कदम फिर्ता लिन माग गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily