Aadarsh-Daily

जंगली हात्तीको आक्रमणबाट बारामा एक ट्रक चालकको मृत्यु

ad-4p

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पथलैया–निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाउँदा एक ट्रक चालकको मृत्यु भएको छ।

content ad p2

आइतबार बेलुकादेखि नै राजमार्ग क्षेत्रमा देखिएको हात्तीले सोमबार बिहान सवारी चालक र यात्रुहरूबीच त्रास सिर्जना गरेको थियो। बिहान करिब ८ बजे ना ४ ख १८३० नम्बरको ट्रकमाथि हात्तीले आक्रमण गरेको हो।

content left

ट्रकबाट हाम्फालेर भाग्ने प्रयास गर्ने क्रममा हात्तीको आक्रमणबाट जितपुरसिमरा–१ निवासी करिब ४० वर्षीय चालक राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले पुष्टि गरेको छ।

बेलुकादेखि हात्तीको आतंक मच्चिएपछि प्रशासनले राजमार्ग प्रयोग गर्ने सवारीसाधनलाई वैकल्पिक बाटो अपनाउन आग्रह गरेको थियो। तर, केही चालकले निर्देशन पालना नगर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

हात्ती पथलैया र निजगढ बीचको पिलुवा क्षेत्र वरिपरि सक्रिय रहेको र स्थानीय बासिन्दा पनि त्रासमा परेको जनाइएको छ।

राजमार्ग क्षेत्रमा आतंक मच्चाउने हात्तीलाई धपाउनका लागि बारा र चितवनबाट वनकर्मी तथा सुरक्षाकर्मी सहितको टोली हात्तीको सहयोगमा परिचालन गरिएको छ। प्रहरीका अनुसार, हात्ती नियन्त्रणको प्रयाससँगै सोमबार दिउँसो १२:३० पछि राजमार्गमा सवारी सञ्चालन सुचारु भएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily