Aadarsh-Daily

प्रियंका चोपडाको फर्स्टलुक सार्वजनिक

ad-4p

चर्चित निर्देशक एसएस राजामौलीको निर्देशनमा बन्न लागेको फिल्म ‘एसएसएमबी २९: ग्लोब ट्रोटर’ बाट अभिनेत्री प्रियंका चोपडा जोनसको फर्स्टलुक सार्वजनिक भएको छ। फिल्ममा प्रियंका ‘मन्दाकिनी’को भूमिकामा देखिनेछन्।

content ad p2
content left

निर्माण पक्षले बिहीबार बिहान सार्वजनिक गरेको फर्स्टलुकमा प्रियंका पहेँलो सारीमा पेस्तोल बोकेर आतंकसँग लडिरहेको दृश्यमा प्रस्तुत छन् । सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक भएपछि प्रशंसकहरूले प्रियंकाले सारीमा एक्सनलाई नयाँ परिभाषा दिएको भन्दै प्रतिक्रिया दिएका छन् ।

फिल्ममा साउथ स्टार महेश बाबु मुख्य भूमिकामा छन्। निर्माण पक्षले फिल्मको टाइटल लन्च नोभेम्बर १५, २०२५ मा गर्ने जानकारी दिएको छ । यसअघि फिल्मले पृथ्वीराज सुकुमारनको फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको थियो, जसमा उनी मुख्य खलनायक ‘कुम्भ’ को रूपमा प्रस्तुत छन् ।

फिल्म अफ्रिकी लोककथाबाट प्रेरित साहसिक कथा हुनेछ। छायांकन २०२६ को अन्त्यसम्म पूरा हुने र प्रदर्शन २०२७ मा हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily