Aadarsh-Daily

मधेश प्रदेश सभाका पाँच सांसदको पद मुक्त

ad-4p

मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी गर्दै संविधानको धारा १८२(६)(क) बमोजिम लगातार १० बैठकमा अनुपस्थित रहेकाले ती सदस्यहरूको पद स्वतः रिक्त भएको जनाएको हो।

content ad p2

प्रदेशसभा सचिवालयका अनुसार पद रिक्त हुने सांसदहरूमा —
१. उर्मिला देवी सिंह (सर्लाही)
२. मनीष कुमार सुमन (ससरी)
३. सञ्जय कुमार यादव (सर्लाही–३(२))
४. सिंहासन सा कलवार (सर्लाही–४(२))
५. सारदा शंकर प्रसाद कलवार (बारा–२(१))
समावेश छन्।

content left

सचिवालयद्वारा जारी सूचनामा भनिएको छ,

“नेपालको संविधानको धारा १८२(६)(क) तथा प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७४ को नियम १८५ बमोजिम लगातार १० बैठकमा अनुपस्थित रहँदा सांसद पद स्वतः रिक्त हुने व्यवस्थाअनुसार सूचना प्रकाशित गरिएको हो।”

सचिवालयका अनुसार यी सांसदहरू प्रदेशसभा बैठकमा लामो समयदेखि अनुपस्थित रहँदै आएका थिए। पद रिक्त भएपछि अब सम्बन्धित दलले नयाँ सदस्य सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily