Aadarsh-Daily

वीरगञ्जमा एमालेको शक्ति प्रदर्शन

ad-4p

पर्सा – नेकपा एमाले पर्सा जिल्ला कमिटीको आयोजनामा आज वीरगञ्जमा उत्साहपूर्ण र्याली र जनप्रदर्शन सम्पन्न भएको छ। शनिवार आयोजित कार्यक्रममा पार्टीले जिल्लाको सदरमुकाममा शक्ति प्रदर्शन गर्दै वर्तमान सरकारको गतिविधि र विदेशी प्रभावविरुद्ध कडा आपत्ति जनाएको थियो।

content ad p2

र्यालीमा सहभागीहरूको भीडले केही समय मुख्य सडक अवरुद्ध बनाएको थियो। कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजराले वर्तमान सरकारले संविधान र जनादेशविपरीत शासन गरिरहेको आरोप लगाउँदै संसद पुनरस्थापना आवश्यक रहेको बताएका थिए।

content left

उनले जेनजी आन्दोलनको माग जायज भए पनि संसद पुनरस्थापना नभएसम्म पूरा नहुने बताए।

हजराले पार्टी कार्यकर्तालाई आन्तरिक एकता र राजनीतिक जागरूकता बढाउन आग्रह गर्दै विदेशी हस्तक्षेप स्वीकार्य नभएको स्पष्ट पारे। र्यालीका सहभागीहरूले ‘विदेशी सरकार मुर्दावाद’, ‘अवैधानिक सरकार हटाऔ, संसद पुनरस्थापना गर’, ‘एनजियो सरकार मुर्दावाद’, ‘विदेशी दलाली बन्द गर’ र ‘एमाले जिन्दावाद’ जस्ता नारासहित मार्च गरेका थिए।

कार्यक्रम नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। यसमा पार्टीका केन्द्रिय सदस्य, जिल्ला पदाधिकारी, स्थानीय नेता, युवाहरू, महिला समूह र विभिन्न संगठनका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

सत्ताविरुद्धको यस र्याली–जनप्रदर्शन नेकपा एमालेको केन्द्रिय कमिटिले देशव्यापी जनजागरण अभियानको भागका रूपमा आयोजना गरेको बताइएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily