Aadarsh-Daily

सरकारले फिर्ता बोलाएका चार राजदूतको राजीनामा स्वीकृत

ad-4p

जेन–जी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतहरूमध्ये चार जनाले दिएको राजीनामा स्वीकृत भएको छ।

content ad p2

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, कतारका लागि रमेशचन्द्र पौडेल र बेलायतका लागि चन्द्रकुमार घिमिरेले विभिन्न मितिमा सचिव अमृतबहादुर राईसमक्ष राजीनामा दिएका थिए।
यी राजीनामा प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले स्वीकृत गरेकी छन्।

content left

असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २० गतेभित्र नेपाल फर्कनुपर्ने गरी ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर सो निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ गर्दै अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो।

यसपछि पनि परराष्ट्र मन्त्रालयले कात्तिक १७ गते अर्को पत्र जारी गरी राजदूतहरूलाई काज मिलाएर मन्त्रालयमै हाजिर हुने व्यवस्था मिलाएको थियो। केही राजदूतहरूले मन्त्रालयमा हाजिर गरेर कामकाज अघि बढाइरहेका छन्।

यसबीच, रुसका लागि नेपाली राजदूत जङ्गबहादुर चौहान भने अझै फिर्ता भएका छैनन्। अस्वस्थ भएका कारण उनी उपचारका लागि स्थानीय रूपमा बिदामा रहेको परराष्ट्र स्रोतको भनाइ छ। उनका अनुपस्थितिमा सहचारी कसम पोखरेलले कार्यवाहकका रूपमा दूतावास सञ्चालन गरिरहेका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily