Aadarsh-Daily

सिमरामा फेरि तनाव, कर्फ्यु जारी, जेन–जी युवाहरूद्वारा बजार बन्द

ad-4p

बाराको जितपुरसिमररा उपमहानगरपालिकामा बिहीबार फेरि तनाव फैलिँदा प्रशासनले दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार सिमरा विमानस्थल र आसपासको क्षेत्रमा जनधनको सुरक्षा र स्थिति नियन्त्रणका लागि कर्फ्यु लागु गरिएको हो।

content ad p2

बुधवार परवानीपुरमा आयोजित नेकपा एमाले कार्यक्रममा महासचिव शङ्कर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई स्वागत गर्न विमानस्थलमा भेला भएका कार्यकर्ता र जेन–जी युवाबीच झडप भएको थियो। झडपमा जेन–जीका ‘सम्राट्’ उपनामका साइकुल उपाध्यायसहित केही घाइते भएका थिए।

content left

बिहीबार बिहान कर्फ्यु हट्नेबित्तिकै जेन–जी युवाहरूले न्याय माग गर्दै सिमरा बजार बन्द गरेका छन्। उनीहरूले सडकमा टायर बालेर यातायात ठप्प पारेका छन् र बुधबार कुटपिटमा संलग्न भएको आरोपमा एमाले नेताहरूमाथि कारबाहीको माग गरेका छन्।

घाइते युवाहरूले इलाका प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए। जाहेरीको आधारमा वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६ का वडाध्यक्ष कैमुद्दिन अन्सारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले अनुसन्धान जारी रहेको र दोषी जोसुकै भए पनि कारबाही हुने बताएका छन्। जेन–जीले आन्दोलन शान्तिपूर्ण रहेको र न्याय नपाएसम्म नरोकिने चेतावनी दिएका छन्।

प्रशासनले सबै पक्षलाई संयम अपनाउन र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily