Aadarsh-Daily

सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

ad-4p

सरकारले तोकेको धानको समर्थन मूल्यमा बेच्न यसवर्ष किसानको आकर्षण बढेको छ । तर खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भने समस्या भएको छ । कोटा अनुसार कम्पनीले धान खरिद गर्ने गर्छ । अरु ठाउँमा जस्तै सिरहाको लहानमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा पनि यसपाली धान बेच्ने किसान धेरै देखिएका छन् ।

content ad p2
content left

सरकारले तोकेको न्यूनतम समर्थन मूल्य स्थानीय व्यापारीले किसानलाई दिएको भन्दा बढी भएपछि किसानहरु खाद्य व्यवस्थालाई धान बिक्री गर्न आकर्षित भएका हुन् । तर शाखालाई प्राप्त न्यून कोटाका कारण सबै किसानको धान खरिद गर्न चुनौती भएको छ । खाद्य कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारका अनुसार, शाखाले यसवर्ष १२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएको छ ।

गएको वर्ष ४० हजार क्विन्टलको कोटा प्राप्त गरेको थियो । विभागबाट यसवर्ष न्यून कोटा तोकिएका कारण किसानको धान खरिद गर्न कठिनाइ हुने उहाँको भनाइ छ । गएको वर्ष किसानले स्थानीय व्यापारीलाई बढी मूल्य दिएका थिए । त्यसले गर्दा खाद्य कम्पनीमा थोरै मात्र धान बिक्रीका लागि ल्याएका थिए ।

यसवर्ष भने स्थानीय व्यापारीले सरकारले तोकेको मूल्य भन्दा कम मूल्य दिएको छ । कम्पनीले तीन हजार ६ सय २८ प्रति क्विन्टलको समर्थन मूल्य तोकेको छ, भने व्यापारीले प्रति क्विन्टल दुई हजार आठ सय रुपैयाँसम्ममा मात्र खरिद गरिरहेका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हिजो बसेको प्राथमिक खरिद समितिको बैठकले धानको कोटा बढाउन पहल गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित खबर

क्टरबाट २ क्विन्टल १३ किलो गाँजा पर्सामा बरामद, तस्कर फरार

Aadarsh Daily

राजीनामा होइन, छिटो महाधिवेशनमा जान गगन थापालाई चन्द्र भण्डारीको सुझाव

Aadarsh Daily

जन्ती बोकेको कार गण्डक नहर नजिक दुर्घटना, चालकको मृत्यु

Aadarsh Daily