Aadarsh-Daily

नक्कली नोटसहित रौतहटमा तीनजना पक्राउ

ad-4p

रौतहट जिल्लाको ईशनाथ नगरपालिका – ४ लतमरीस्थित नेपाल- भारत सीमानाकाबाट नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन्।

content ad p2

मंगलबार साँझ करिब ४ बजेतिर जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

content left

भारतबाट नेपालतर्फ आउँदै गरेको बी आर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँचका क्रममा रोकी तलासी गर्दा नोटहरू बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका ४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट १,००० दरका ११८ थान नक्कली नेपाली नोट फेला परेको छ। बरामद नक्कली नोट कहाँबाट ल्याइएको हो र त्यसको नेटवर्कबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाई घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी राखेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily