Aadarsh-Daily

हेटौंडा बजारमा अतिक्रमित संरचना हटाउँदै सडक विस्तार शुरू

ad-4p

हेटौंडा बजार क्षेत्रमा लामो समयदेखि रोकिएको सडक विस्तार अभियान आजदेखि औपचारिक रूपमा शुरू गरिएको छ। पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथलाई फराकिलो बनाउने लक्ष्यसहित डिभिजन सडक कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालयको संयुक्त पहलमा काम अघि बढाइएको हो।

content ad p2

बिहानैदेखि बुद्धचोक क्षेत्रबाट डोजर परिचालन गरी सडक सिमानाभित्र रहेका स्थायी तथा अस्थायी संरचना हटाउने कार्य जारी छ। अतिक्रमण हटाउने क्रममा बढी भीडभाड र सम्भावित तनावलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको बाक्लो उपस्थिति राखिएको छ।

content left

लामो विवाद र कानुनी प्रक्रियामा अल्झिँदै आएको सडक विस्तार परियोजना स्थानीय तह, प्रशासन र सडक डिभिजनबीच सहमति बनेपछि पुनः कार्यान्वयनमा आएको हो।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सडक सीमाभित्रका संरचनाहरू चरणबद्ध रूपमा हटाइँदै छन्। “मंसिर ५ गते १५ दिने अल्टिमेटमसहित सूचना जारी गरिएको थियो। म्याद सकिएपछि आजबाट सडक विस्तार कडाइका साथ अघि बढाइएको हो,” उनले बताए।

राप्ती रोड र बुद्धचोक क्षेत्रमा अहिले संरचना भत्काउने काम जारी छ। सडक विस्तारले हेटौंडा बजार क्षेत्रमा यातायात सहजता र सडक सुरक्षा सुधार हुने अपेक्षा स्थानीयले व्यक्त गरेका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily