Aadarsh-Daily

एनपीएल : विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हरायो

ad-4p

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै रोयल्सको अपराजित यात्रा तोडेको छ। यस जितसँगै विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग भिड्नेछ।

content ad p2

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। आरिफ शेखले ३२ बलमा ४५ रन अविजित बनाउँदै टिमलाई मजबुत स्कोरमा पुर्यावए। इशान पाण्डेले ३५ बलमा ३८ रन जोडे। कप्तान दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए।

content left

विराटनगरले १४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्योे। ओपनर फाफ डु पेल्सिसले ५० रन बनाए भने साम हेज्जलेटले ५१ रनमा आक्रमक प्रदर्शन गरे। पावरप्लेमा दुबैले ८७ रनको साझेदारी गरे। मार्टिन गप्टिलले ९ बलमा २२ रन जोडे।

सुदूरपश्चिमका लागि अभिनाश बोहोराले २ विकेट लिए भने हर्मित सिंहले १ विकेट लिए। विराटनगरका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए, प्रतिश जिसीले २ र वसिर अहमदले १ विकेट लिए।

यो हारपछि सुदूरपश्चिमको ६ खेलको अपराजित यात्रा टुंगियो। विराटनगर ७ खेलमा ५ जित र १० अंकसहित अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily