Aadarsh-Daily

बहुदरमाई–२ मा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सम्पन्न

ad-4p

वीरगंज – पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. २ धायनसिंह पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार युवा नेता शुशिल साह कानुले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।

content ad p2

घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक दृष्टिकोण, एजेन्डा तथा विकास योजनाबारे जानकारी गराउनुभयो। उहाँले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सुधार र स्थानीय पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट गर्नुभयो।

content left

युवाको क्षमता विकास, महिला सशक्तीकरण र स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत मात्रै क्षेत्रको दिगो समृद्धि सम्भव हुने धारणा व्यक्त गर्दै उम्मेदवार कानुले राज्यका सेवा–सुविधा आम नागरिकसम्म सहज र प्रभावकारी रूपमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी स्थानीय नेता–कार्यकर्ता, युवा तथा सर्वसाधारणले सडक, रोजगारी, कृषि विकास तथा सार्वजनिक सेवा सुधारसम्बन्धी समस्या र सुझावहरू उम्मेदवारसमक्ष राखेका थिए। ती समस्या समाधानका लागि नीति तथा कार्यक्रममार्फत पहल गरिने विश्वास उम्मेदवार कानुले दिलाउनुभयो।

रास्वपा उम्मेदवार शुशिल साह कानुले जनताको अपेक्षाअनुसार राजनीति गर्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा समर्थन, सहयोग र विश्वासका लागि मतदातासँग अपिल गर्नुभएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily