Aadarsh-Daily

पर्सा–२ मा परिवर्तनको लहर : पर्सागढीमा सुशील कानुको घरदैलोमा उत्साहजनक समर्थन

ad-4p
content left

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर २ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषक स्थानीयवासीको ठूलो संख्यामा सहभागिता र उत्साहजनक समर्थन देखिएको थियो।
घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले पर्सा–२ मा परिवर्तनको आशा जागेको प्रतिक्रिया व्यक्त गरेका छन्। स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूले यसपटकको मतदानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उम्मेदवार कानुलाई समर्थन जनाएका थिए।
उम्मेदवार सुशील कुमार कानुले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकहरूलाई समयमै मल र सिंचाइका लागि पानी उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर पहल गर्ने बताए।
त्यसैगरी बेरोजगार युवालाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारीको अवसर सिर्जना गरिने योजना अघि सार्दै कानुले निर्वाचित भएसँगै यी आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता जनाए।
पर्सागढी नगरपालिका वडा नम्बर २ मा सम्पन्न घरदैलो कार्यक्रममा रास्वपाका नेता शर्फु आलमका अनुसार फिरोज मियाँ, समीर अन्सारी, धीरेन्द्र राउत, विनय कुमार ओझा, श्यामसुन्दर शाह, गंगा आचार्य, कविराज अर्याल, चन्द्रशेखर चौधरी लगायतको सहभागिता रहेको थियो।

content ad p2

सम्बन्धित खबर

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

Aadarsh Daily

जीतपुरमा लागूऔषधको आशंकामा २६ वर्षीय युवक पक्राउ

Aadarsh Daily