Aadarsh-Daily

‘युवालाई रोजगारी’को नारा मञ्चमा, उद्योगमा भारतीय कामदारको भीड : आफ्नै उद्योगमा नेपालीलाई अवसर नदिने उम्मेदवार अनिल रुँगटा ले पर्सा–१ मा देखाएको राजनीतिक दोहोरो चरित्र

ad-4p
content left

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवारी दिएका अनिल रुँगटा ले चुनावी मैदानमा ‘युवालाई रोजगारी’को नारा चर्को स्वरमा घन्काइरहेका छन्। तर, उनको स्वामित्वमा रहेका उद्योगहरूमा ठूलो संख्यामा भारतीय नागरिक कार्यरत रहेको तथ्य बाहिरिएसँगै रुँगटामाथि दोहोरो चरित्र र राजनीतिक अवसरवाद को आरोप तीव्र बन्दै गएको छ।

रुँगटाको स्वामित्वमा रहेको जग शक्ति स्टीलमा दुर्गा फुड कम्पनी मा अधिकांश कामदार भारतीय नागरिक रहेको स्थानीय स्रोतहरूको दाबी छ। आफ्नै जिल्लाका सयौं नेपाली युवा बेरोजगार भौतारिरहेका बेला आफ्नै उद्योगमा उनीहरूलाई अवसर नदिई विदेशी श्रमिकलाई प्राथमिकता दिनुले रुँगटाको चुनावी नारा खोक्रो सावित भएको मतदाताहरूको भनाइ छ।

स्थानीय राजनीतिक विश्लेषकहरू भन्छन्, सस्तो श्रमको खोजीमा उद्योग सञ्चालन गर्दै आएका रुँगटाले अहिले चुनावी मञ्चबाट ‘युवा पलायन रोक्ने’ र ‘रोजगारी सिर्जना गर्ने’ भाषण गर्नु जनतालाई भ्रममा पार्ने रणनीति बाहेक केही होइन।
एक स्थानीय बुद्धिजीवीको कटाक्ष छ, “पहिले आफ्नै उद्योगमा नेपाली युवालाई सम्मानजनक रोजगारी दिन सक्नुपर्थ्यो। अहिले चुनाव आयो भनेर माइक समाएर रोजगारीको कथा सुनाउनु हास्यास्पद छ।”

पर्सा–१ का मतदाताहरू अझ कडा प्रश्न उठाइरहेका छन्—आफ्नै उद्योगमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्न नसक्ने व्यक्ति संसद् पुगेपछि जनताको समस्या कसरी समाधान गर्छ? उनीहरूका अनुसार, चुनावको बेला मात्रै जनतामाझ पुग्ने, ठूला–ठूला सपना बाँड्ने र परिणामपछि पुनः व्यापारिक घेराभित्र सीमित हुने प्रवृत्ति लोकतन्त्रका लागि गम्भीर खतरा हो।

त्यसमाथि, रुँगटाले सार्वजनिक गरेका रोजगारीसम्बन्धी योजनाहरूमा कुनै स्पष्ट कार्यान्वयन खाका नदेखिएको आरोप पनि थपिँदै गएको छ। उद्योगमै स्वदेशी श्रमिकलाई प्राथमिकता दिन नसक्ने उम्मेदवारबाट समग्र क्षेत्रको बेरोजगारी समस्या समाधानको अपेक्षा गर्नु अव्यावहारिक मात्र होइन, आत्मघाती सोच भएको स्थानीय मत बलियो बन्दै गएको छ।

यसरी, ‘सेवा’ र ‘रोजगारी’को आवरणमा अघि सारिएको चुनावी सक्रियता वास्तवमा आफ्नै व्यापारिक हित सुरक्षित गर्ने चाल मात्र हो कि भन्ने शंका पर्सा–१ मा गहिरिँदै गएको छ।
अब प्रश्न स्पष्ट छ—नारामा विश्वास गर्ने कि व्यवहारमा? निर्णय पर्सा–१ का मतदाताको हातमा छ।

content ad p2

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily